जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

७०–८० जना घाइते उपचाररत



काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् ।

मृतककाे परिचय खुल्न बाँकी छ ।