पोखरामा अश्रुग्यास र रबरका गोली प्रहार, इटहरी उपमहानगर कार्यालयमा ढुंगामुढा

पोखरामा अश्रुग्यास र रबरका गोली प्रहार, इटहरी उपमहानगर कार्यालयमा ढुंगामुढा



पोखरा । कास्कीको पोखरामा सोमबार दिउँसो अश्रुग्यास र रबरका गोली प्रहार गरिएको छ । पोखरा सभागृहबाट ‘जेनजी’ पुस्ताको प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि पुगेपछि प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको हो ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले रबरका गोली प्रहार गरेको बताए ।

उता सुनसरीको इटहरीमा प्रदर्शनकारीले उपमहानगरपालिकाको कार्यालय तोडफोड र ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास हानेको छ । सोक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

यस्तै विराटनगर महानगरमा पनि प्रदर्शनकारी प्रहरीको ब्यारिगेट ढालेर अघि बढेका छन् । विराटनगरको ट्राफिक चोकमा भेला भएर उनीहरू महेन्द्र चोक हुँदै रोड शेष चोक पुगेका छन् ।