जेनजी आन्दोलन : मृतकको संख्या १४ पुग्यो

जेनजी आन्दोलन : मृतकको संख्या १४ पुग्यो



काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको थियाे ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको बताइएकाे छ ।

घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन् । उनीहरूको विवरण आउन सकेको छैन ।