काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ। गोरखामा बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले जेनजी आन्दोलनका क्रममा सरकारको व्यवहार अनुचित भएको र परिस्थिति नियन्त्रण गर्न प्रधानमन्त्रीले पद छाड्नुपर्ने निष्कर्ष निकालेको हो।
माओवादीका अनुसार जेनजी आन्दोलनमा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ। घटनापछि प्रचण्डसहितको नेतृत्व टोली अभियान स्थगित गर्दै काठमाडौं फर्किएको छ।
सांसद माधव सापकोटाले सरकारले ‘गोली हानी नरसंहार गरेको’ भन्दै तत्काल राजीनामा आवश्यक भएको बताए।


प्रतिक्रिया