जेनजी प्रदर्शनकारीले मागे प्रधानमन्त्रीको राजीनामा

जेनजी प्रदर्शनकारीले मागे प्रधानमन्त्रीको राजीनामा

‘सेना-पुलिस लिपुलेक जाऊ, संसद् भवन हामीलाई देऊ’



काठमाडौं । बानेश्वरमा भेला भएका जेनजी प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

आफ्ना साथीहरुको मृत्यु भएको घोषणापछि अस्पतालको गेट अगाडि मंगलबार भेला भएका उनीहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।

उनीहरुले नालायक प्रधानमन्त्री राजीनामा दे, विद्यार्थी मार्न पाइँदैन जस्ता नारा लगाइरहेका छन् ।

उनीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाले मात्र नपुग्ने समेत बताएका छन् । उनीहरुले प्रहरी प्रशासनविरुद्ध समेत नारा लगाइरहेका छन् ।

‘सेना-पुलिस लिपुलेक जाऊ, संसद् भवन हामीलाई देऊ’ भनेर उनीहरूले नारा लगाइरहेका छन् । आजको प्रदर्शनमा जेनजीका अभिभावकहरू समेत सहभागी भएका छन् ।

सोमबार प्रहरीले दमन गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका हुन् । प्रदर्शनको क्रममा प्रहरीले गोली चलाउँदा हिजो १९ जनाको मृत्यु भएको थियो ।