विभिन्न ठाउँमा तोडफोड र आगजनी

विभिन्न ठाउँमा तोडफोड र आगजनी



काठमाडौं । प्रदर्शनकारीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्बा गुरुङको सुनाकोठीमा रहेको घर र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड र आगजनी गरेका छन् ।

यस्तै ललितपुरको हरिसिद्धिमा रहेको प्रहरी प्रभाग, प्रचण्ड निबासमा नजिकको प्रहरी बिटमा आगजनी गरेका छन् । रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाको कार्यालयमा पनि आगजनी गरिएको छ । त्यहाँ पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ ।

प्रहरीले भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका प्रवेश गर्ने गाडी पनि रोकेको छ ।

ललितपुरको खुमलटारमा रहेको युलेन्स स्कुलमा तोडफोड भएको छ । बिहानै स्कुलमा ढुंगामुढा र तोडफोड भएको स्कुलका सञ्चालक सोम पनेरुले जानकारी दिए ।

पत्रकार टीकाराम यात्रीको गाडी तोडफोड भएको छ । ललितपुरमा उनको गाडीमा तोडफोड भएको हो । सातदोबाटोबाट खुमलटार जाँदै गर्दा उनको गाडी रोकेर तोडफोड गरेका हुन् ।

झापाको बिर्तामोडस्थित नेकपा एमालेको पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी भएको पुष्टि भएको छ । प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

निवर्तमान गृहमन्त्री रमेश लेखकको घरअगाडि प्रदर्शन र आगजनी भएको छ ।