बालकोट र झापामा गोली चल्यो, गगन थापाको घरमा पनि ढुंगामुढा प्रहार

बालकोट र झापामा गोली चल्यो, गगन थापाको घरमा पनि ढुंगामुढा प्रहार



काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए ।

उता झापाको बिर्तामोडमा पनि जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको घरमा पनि ढुंगामुढा प्रहार भएको छ । अहिले पनि प्रदर्शनकारीहरू थापाको घरमा ढुंगामुढा गरिरहेका छन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनमा १९ जनाले ज्यान गुमाएपछि आज पनि बिहानबाटै प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।

प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।