काठमाडौं । शीर्ष नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले सुरक्षित स्थानमा सार्न थालेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा आगजनी भएको छ ।
प्रधानमन्त्री ओलीले साँझ ६ बजेलाई सर्वदलीय बैठक बोलाए पनि त्यसअघि नै परिस्थिति नियन्त्रणबाहिर पुगिसकेको हाे ।
सोमबार जेनजी युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएका थिए भने ३ सय बढी घाइते छन् ।
ललितपुरको भैँसेपाटीमा रहेको मन्त्रीहरुको निवासमा अहिले नेपाली सेनाका हेलिकोप्टर पुगेका छन् ।
नेपाली सेनाका हेलिकोप्टर अहिले त्यहाँ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया