काठमाडौं । जेनजीले गरेको आन्दोलनको दोस्रो दिन काठमाडौं तहसनहस भएको छ । राष्ट्रपति कार्यालय, पार्टीका नेताका घर, निजी सम्पत्ति, सर्वोच्च अदालत, सिंहदरबारलगायत धेरै स्थानमा आगजनी भएको छ ।
सिंहदरबार अझै जलिरहेको छ । मंगलबार दिउँसो सिंहदरबार छिरेर प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।
बुधबार बिहानसम्म आगो ननिभेको हाे । सिंहदरबारको पूर्वतर्फको गेट नजिकको भवनबाट धुवाँ उडिरहेको छ । त्यस क्षेत्रमा अहिले सेना परिचालन गरिएको छ ।


प्रतिक्रिया