पोखरामा आगजनी गरिएको घरमा शव फेला

पोखरामा आगजनी गरिएको घरमा शव फेला



पोखरा । पोखराको लेकसाइडमा पनि अर्को शव फेला परेको छ । लेकसाइडमा रहेको अंशुभरा ग्रुपको कार्यालयमा उक्त शव फेला परेको हो ।

अंशुभरा ग्रुप गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाका छोराको हो ।

आजमात्रै थापाका भाइ ध्रुव थापाको पोखरा नयाँबजारमा रहेको घरमा पनि एक महिलाको शव फेला परेको थियो ।

मंगलबार प्रदर्शनकारीले थापाको घर, होटेल, अफिसमा आगजनी गरेका थिए ।