काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबारसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो सुरक्षा परिसथितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्दै सेनाले कर्फ्यू आदेश जारी गरेको हो ।
सैनिक जनसम्पर्क कार्यालयका अनुसार भाद्र २६ गते अर्थात बिहीबार विहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
यस्तै भदौ २६ गते बिहीबार बेलुकी ७ बजेदेखि भदौ २७ गते शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको सेनाले जनाएको छ ।
सेनाको विज्ञप्ति :




प्रतिक्रिया