राजतन्त्र फर्काउने षडयन्त्र स्वीकार्य छैन : बृहत नागरिक आन्दोलन

राजतन्त्र फर्काउने षडयन्त्र स्वीकार्य छैन : बृहत नागरिक आन्दोलन



काठमाडौं । बृहत नागरिक आन्दोलनले नेपाली सेनाको मध्यस्थतामा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र स्वीकार्य नहुने प्रष्ट पारेको छ ।

बृहत नागरिक आन्दोलनले बिहीबार विज्ञप्ति जारी गरेर राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र स्वीकार्य नहुने प्रष्ट्याएको हो ।

प्रतिक्रान्तिलाई परास्त गरौँ भन्दै विज्ञप्तिको सुरूवातमै लेखिएको छ, ‘अहिले के स्पष्ट हुँदैछ भने जेन–जीको आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ । यो हामीलाई पटक्कै स्वीकार्य छैन ।’

जेन–जी आन्दोलनको म्यान्डेड र बलिदानीको आवाज गणतन्त्र र धर्मनिरपेक्षता हटाएर पश्चगमन होस् भन्ने नरहेको नागरिक आन्दोलनको भनाइ छ । जेन–जीले सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने चाहना राखेर आन्दोलन पनि नगरेको विज्ञप्तिमा उल्लेख छ ।