काठमाडौं । काठमाडौंको सुनधारामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका समर्थक र जेनजीबीच झडप भएको छ ।
प्रधानमन्त्री को बनाउने भन्ने विषयलाई लिएर प्रदर्शनमा उत्रिएका दुई फरक-फरक समूहबीच विवाद बढेपछि झडपमा परिणत भएको हो ।
हर्क साम्पाङ समर्थक बढी आक्रामक देखिएका छन् । काठमाडौंमा निषेधाज्ञाकै बीच विभिन्न समूहहरू प्रदर्शन गरिरहेका छन् ।
अहिले नेपाली सेनाले एम्बुलेन्सबाहेक कुनै पनि सवारीलाई सुनधारा सडकमा आउजाउ गर्न दिएको छैन ।
काठमाडौंको बबरमहलमा राष्ट्रपतिको अवस्था सार्वजनिक गर्नुपर्ने मागसहित अर्कै समूहले प्रदर्शन गरेको थियो ।


प्रतिक्रिया