सवारी चालक अनुमतिपत्र छपाइ–वितरण अनिश्चितकालका लागि रोकियो

सवारी चालक अनुमतिपत्र छपाइ–वितरण अनिश्चितकालका लागि रोकियो



काठमाडौं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण अनिश्चितकालका लागि रोकिएको छ।

यातायात व्यवस्था विभागले आइतबार जारी गरेको सूचनामा उल्लेख छ कि अर्को सूचना जारी नभएसम्म सवारी चालक अनुमतिपत्र छपाइ, वितरण र सम्बन्धित सूचना प्रविधि प्रणाली बन्द रहनेछ।

विभागले भनेको छ यसको कारण विभागको संरचनामा भएको तोडफोड, आगजानी, चोरी तथा लुटपाटले इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुर्‍याउनु हो।

सूचनामा थप भनिएको छ, “सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध भएको विषम परिस्थितिमा अर्को सूचना नभएसम्म सम्पूर्ण प्रणाली बन्द रहने बेहोरा जानकारीका लागि अनुरोध छ।”