जेनजेडलाई समेट्दै निर्वाचनको तयारी , नयाँ मतदाता नामावली संकलन गर्ने अध्यादेश ल्याइने

जेनजेडलाई समेट्दै निर्वाचनको तयारी , नयाँ मतदाता नामावली संकलन गर्ने अध्यादेश ल्याइने



काठमाडौं । सरकारले नयाँ मतदाता नामावली तयार गर्न निर्वाचन कानूनमा अध्यादेशमार्फत संशोधन गर्न लागेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा आयोगको सहयोग मागेका छन्।

अर्यालका अनुसार, जेनजीहरूको आन्दोलनपछि नयाँ सरकार र निर्वाचनको अवस्था सिर्जना भएको छ र उनीहरूलाई बाहिर राखेर निर्वाचन गर्न सम्भव छैन। १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नरहेका जेनजीहरूको मतदान अधिकार सुनिश्चित गर्न कानूनमा आवश्यक संशोधन गर्नुपर्ने बताए।

वर्तमान कानून अनुसार निर्वाचन मिति घोषणा भएपछि मतदाता थप्न नपाउने भएकोले आयोगले कानून संशोधनका लागि प्रस्ताव तयार गर्न अनुरोध गरेको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोगले सबैको अधिकार सुनिश्चित गर्न आवश्यक परिवर्तनमा सहयोग गर्ने बताएका छन्।