काठमाडौँ । हप्ताको पहिलो कारोबार दिन शेयर बजारले उल्लेख्य वृद्धि देखाएको छ। आज नेप्से परिसूचक १११.७० अंकले बढेर २६२३.६२ विन्दुमा पुगेको छ।
यसअघि असोज २ गते जेनजी आन्दोलनको प्रभावका कारण बजार १६० अंकले घटेको थियो। आजको कारोबारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम गर्ने व्यवस्था स्थगित गरिएपछि शेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो।
आज बैंक, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स लगायत सबै समूहका शेयर उच्च अंकले बढेका छन्। म्युचुअल फन्ड र निर्जीवन बीमा समूह बाहेक अन्य समूहको बजार मूल्यमा वृद्धि देखिएको छ।
आज १६ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेका छन्। तर, सिद्धार्थ प्रिमियर इन्सुरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै ७.५ प्रतिशतले घटेको छ।
कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। बिहीवार ७२.८७ करोड रुपैयाँको कारोबार भएकोमा आज ३२९ कम्पनीका २ करोड ३२ हजार कित्ता शेयर ९.१७ अर्ब रुपैयाँमा किनबेच भएका छन्।


प्रतिक्रिया