स्वास्थ्य मन्त्रीमा संगीता मिश्रको नाम हटाइयो

स्वास्थ्य मन्त्रीमा संगीता मिश्रको नाम हटाइयो



काठमाडौं । स्वास्थ्य मन्त्रीको लागि सिफारिसमा परेको संगीता मिश्रको नाम हालका लागि रोक लगाइएको छ। राष्ट्रपति कार्यालयका स्रोतका अनुसार आइतबार राति सरकारले पाँच जना मन्त्रीको नाम सिफारिस गरेको थियो।

तर, तीमध्ये संगीता मिश्रको नाम तत्काल नियुक्त नगर्न आग्रह गरिएको छ। प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले बताएअनुसार, सरकारले पुनः नाम पठाउने कि सिफारिस सच्याउने भन्ने विषयमा छलफल भइरहेको छ।

प्रधानमन्त्री सुशीला कार्की र अन्य मन्त्रीहरूले मिश्राविरुद्ध अख्तियारमा भ्रष्टाचारसम्बन्धी मुद्दा रहेका कारण तत्काल मन्त्री बनाउन नहुने निष्कर्ष निकालेका छन्।