काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको अफर आएको दाबी गरेका छन् ।
जङ्गी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको भेटका सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफूलाई प्रधानमन्त्रीको अफर आएको दाबी गरेका हुन् ।
मंगलबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जुन विदेशीहरूको खेलमा सरकार बन्दैछ म जान्न भनेको हुँ । अनि मलाई किन चाहियो प्रधानमन्त्री ? मेरो घर छँदै छ, गाडी छँदै छ ।’
उनले देशलाई अप्ठ्यारो पर्दा दुर्गा प्रसाईँको अभियान अघि बढ्ने समेत दाबी गरे ।
प्रसाईंले अन्तरिम सरकारको नेतृत्व गर्न सबैभन्दा पहिले सेनाबाट आफूलाई नै प्रस्ताव आएको दावी गरेका हुन् । तर राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक समेत रहेका प्रसाईँलाई आन्दोलनमा घुसपैठ गरेर विध्वंश मच्चाएको आरोप पनि लागेकाे छ ।
प्रसाईंले तत्काल आफूहरु अन्तरिम सरकारमा सहभागी नहुने, बरु दल दर्ता गरेर ६ महिनापछि हुने निर्वाचनमार्फत् सरकारमा पुग्ने जिकिर पनि गरेका छन् ।


प्रतिक्रिया