कारागारबाट भागेका केशव दुलाल र सानु भण्डारी पक्राउ

कारागारबाट भागेका केशव दुलाल र सानु भण्डारी पक्राउ



काठमाडौं । प्रहरीले सुन्धारा कारागारबाट भागेका कैदीहरू केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेको छ । मंगलबार अपराह्न उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।

उनीहरू दुवैजना नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा थिए ।

भदौ २४ गते केन्द्रीय कारागारमा आगजनी तथा तोडफोड हुँदा उनीहरू त्यहाँबाट भागेका थिए । त्यही कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि फरार भएका थिए । उनी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमै मुछिएर कारागारमा छन् । उनी सोमबार कारागारमा फर्किएका छन् ।

भण्डारी र दुलाल नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाइके हुन् ।

दुई जना पक्राउ परेपछि उनीहरूले यस अनुसन्धानमा हाइप्रोफाइलहरूको समेत संलग्नता रहेको खुलाएका थिए ।