काठमाडौं। नेकपा माओवादी केन्द्रले फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन गराउन सरकारसँग आग्रह गरेको छ।
आज बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्नि सापकोटाले पार्टीले निर्वाचन सफल बनाउन आवश्यक भूमिका खेल्ने बताए।
बैठकले जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा तथा विचार मिल्ने शक्तिसँग एकताको पहल गर्ने निर्णय पनि गरेको छ।


प्रतिक्रिया