काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनबिच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई राजदूत थम्पसन अमेरिकातर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
भेटमा नेपाल–अमेरिकी सहयोग, अमेरिकी सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, जेन-जी आन्दोलनको क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणलगायतका विषयमा छलफल भएको छ ।
भेटमा मन्त्री घिसिङले अहिलको सरकारको मुख्य प्राथमिकताको रूपमा आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासन कायम गर्नु रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
राजदूत थम्पसन अमेरिकले नेपाललाई गर्दै आएको सहयोग जारी रहने उल्लेख गरेका छन् ।


प्रतिक्रिया