सुनचाँदीकै मूल्यले बनायो फेरि नयाँ रेकर्ड

सुनचाँदीकै मूल्यले बनायो फेरि नयाँ रेकर्ड



काठमाडौं । साताको कारोबारको पहिलो दिन सुन तोलामा २ लाख २३ हजार २०० पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाल सुन आइतबार प्रति १० ग्राम भने १ लाख ९१ हजार ३६० रुपैयाँ पुगेको छ ।

यसअघि, असोज ८ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो । असोज ८ गते सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ८१० रुपैयाँमा कारोबार भएको छ ।

गत शुक्रबार दुई हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा चाँदी ७० रुपैयाँ बढेको हो ।