वडादशैंको टीकाको दोस्रो दिन, मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै

वडादशैंको टीकाको दोस्रो दिन, मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै



काठमाडौं । आज असोज शुक्ल पक्षको एकादशी अर्थात दशैंको टीकाको दोस्रो दिन । हिजो मान्यजनबाट टीका, जमरा थाप्न जान नभ्याएकाहरुले आज टीका र जमरा सहित आशिर्वाद थाप्ने चलन छ ।

दशैंको टीका कोजाग्रत पूर्णिमाको दिनसम्म रहन्छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ ।

तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार हिजोमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ ।

आजदेखि बिशेषगरी माइती, मावली, ससुराली लगायतमा टीका थाप्न जाने चलन छ ।

कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंड्ने मानिसको बाटोमा भीड लाग्छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने वडादशैं आफन्तसँगको भेटघाटका दृष्टिमा पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।