काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।
यो समाचार तयार पार्दासम्म बाटो दुईतर्फी नै अवरुद्ध छ ।जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, आज बिहान २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखेलामा पहिरो खसेको थियो ।
त्यसलगत्तै राजमार्ग बन्द भएको हो ।पानी परिरहेको र ढुंगा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाइएको छैन । यो सडकखण्डमा पटक–पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाउँदै आएका छन् ।
अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले खासगरी मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरुमा वर्षा भइरहेको छ ।
पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ ।हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेकाले पानी परिरहेको हो ।


प्रतिक्रिया