मुग्लिन–नारायणगढ सडकमा लेन अनुशासनमा सवारी चलाउन आग्रह

मुग्लिन–नारायणगढ सडकमा लेन अनुशासनमा सवारी चलाउन आग्रह



चितवन । सडक डिभिजन भरतपुरले मुग्लिन–नारायणगढ सडक खण्डमा लेन अनुशासनमा सही सवारी चलाउन आग्रह गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै तुइन खोला नजिकैको पहिरोको जोखिम कायमै रहेकाले लेन अनुशासन कायम गर्न आग्रह गरेको हो ।

डिभिजनले सूचनामा भनेको छ, ‘मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोला पुल नजिकै यो वर्ष सबैभन्दा बढी दुःख दिएको पहिरोको स्थान हालको अवस्था । पहिरोको जोखिम कायमै रहेकाले कृपया लेन अनुशासनमा रही सवारीसाधन चलाउनुहुन अनुरोध गरिन्छ ।’

यो वर्षको चाडपर्वको मुखमा पटक–पटक पहिरो जाँदा उक्त सडकमा यात्रुहरूले निकै सास्ती भोग्नु परेको थियो ।