काठमाडौं । भेप सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्दा दायर भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार, मुद्दा रुजु भइरहेको छ, दर्ता हुन बाँकी छ । उनले रुजु भइसकेपछि दर्ता हुने/नहुने निर्णय हुने जानकारी दिए ।

प्रतिक्रिया