काठमाडौं । सरकारले कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गुरुयोजना स्वीकृत गर्दै दोस्रो चरणका काम अघि बढाउन बोलपत्र (टेन्डर) आह्वान गर्न स्वीकृति दिने समेत निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
“त्रिभुवन विश्वविद्यालय परिसरभित्र रहेको कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र गुरुयोजना बमोजिमको बाँकी कार्यको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ,” मन्त्री खरेलले भने ।
कीर्तिपुर क्रिकेट रंगशालामा पहिलो चरणको काम अन्तर्गत १० हजार क्षमताको प्याराफिट र फ्लडलाइट जोड्ने काम सम्पन्न हुने तयारीमा छ ।


प्रतिक्रिया