चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् । बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ ।
एक ट्रकले यात्रुवाहक बस ठक्कर दिएपछि अन्य गाडीहरू पनि सोही गाडी र ट्रकमा ठोक्किन पुगेको इलाका प्रहरी कार्यालय मुस्लिनले जनाएको छ ।
बसका चालकको चेपिएको अवस्थामा उद्धार भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
ट्रक र गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने अन्य गाडीहरूमा सामान्य क्षति भएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया