काठमाडौं । अमेरिकाका थुप्रै सहरमा राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकार, शिक्षा र सुरक्षा नीतिको विरोधस्वरूप ‘नो किङ्स’ (राजा चाहिँदैन) आन्दोलनका प्रदर्शनकारी भेला भएका छन् ।
प्रदर्शन आयोजना गर्ने पक्षले देशभरि दुई हजार ६०० भन्दा बढी कार्यक्रम हुने अपेक्षा गरेको अलजजिराले जनाएको छ ।
‘विरोध गर्नु नै ठूलो देशभक्ति हो’, ‘फाँसीवादको प्रतिरोध गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर शनिबार धेरै स्थानमा र्याली गरिएको थियो । र्यालीका कारण सडकहरू उत्सवजस्तै देखिएको थियो ।
ट्रम्प ह्वाइट हाउस फर्किएपछि यो तेस्रो ठूलो प्रदर्शन हो । यो प्रदर्शन हालको सरकारी ‘सटडाउन’को पृष्ठभूमिमा भइरहेको छ । ‘सटडाउन’ले संघीय कार्यक्रम र सेवा मात्र बन्द नभएर संसद् र अदालतको संस्थागत स्वतन्त्रतामाथि खतरा बढेको चेतावनी पनि दिएको छ ।


प्रतिक्रिया