काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन हिजो देशभर विद्युत्को कूल माग एक हजार छ सय ५० मेगावाट बराबर रहेको छ । त्यस्तै, लक्ष्मीपूजाको दिन एक हजार १५ मेगावाट बिजुली निर्यात भएको छ ।
प्राधिकरणका अनुसार गएको वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार छ सय दुई मेगावाट रहेको थियो । अघिल्लो वर्षभन्दा यसवर्ष लक्ष्मीपूजाको दिन कूल बिजुलीको माग ४८ मेगावाटले उच्च रहको थियो । प्राधिकरणले भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्दै आएको छ ।
तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहकबाहेकको भएको प्राधिकरणको भनाइ छ । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युतगृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।


प्रतिक्रिया