काठमाडौं । आफैँले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको मृत्यु भएको छ । उनको शुक्रबार बिहान उपचारको क्रममा ‘कीर्तिपुर वर्न हस्पिटलमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
पौडेलले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् ।
आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
यो घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो । अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेका छन् । उनीविरुद्ध भने कुनै जाहेरी नआएको परिसरका एसपी भट्टराईले बताए ।


प्रतिक्रिया