काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाटमा पुगेर छठ पूजा गरेका छन् । सोमबार दिउँसो काठमाडौं गौरीघाटमा पुगेर सूर्यलाई अर्घ दिँदै उनी छठ पूजामा सहभागी भएका हुन् ।
राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बागमती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा अर्चना गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका छन् ।
राष्ट्रपति पौडेल गुह्येश्वरीमा पुग्नुहुँदा राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीले स्वागत गरेका थिए ।


प्रतिक्रिया