काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले प्रशिक्षक रसले राजीनामा दिएको बताए ।
अस्ट्रेलियन प्रशिक्षक रसले दुई साताअघि नै भियनामविरूद्ध खेलिएको खेलपछि राजीनामा दिएको बुझिएको छ ।
गत फागुनमा मुख्य प्रशिक्षक नियुक्त भएपछि रसको नेतृत्वमा नेपालले सात खेल खेलेकाे थियाे । सात मध्ये नेपालले सिंगापुरलाई उसैको मैदानमा पराजित गर्न सक्नु नै उपलब्धि रह्यो । नेपालले सात मध्ये एक खेलमा जित निकाल्दा दुई बराबरी र चार हार ब्यहोरेकाे थियाे ।


प्रतिक्रिया