काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएसँगै राष्ट्रिय फुटबल खेलाडी विरोधमा उत्रिएका छन् ।
नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार खेलाडीले सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर धर्ना दिएका छन् । नियमित लिग नहुँदा खेलाडी मारमा परेको र नेपाली फुटबल ओरालो लागेको भन्दै विरोध गरेका छन् । उनीहरुले ‘सेभ नेपाली फुटबल’ लेखेकाे ब्यानर बाेकेका छन् ।
एन्फा मुख्यालयको गेटमा खेलाडीहरूले धर्ना दिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । गेटबाट कसैलाई पनि भित्र पस्न दिइएको छैन भने एन्फा पदाधिकारी अनुपस्थित रहेका छन् ।


प्रतिक्रिया