एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्ने

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्ने

नेपालमा पहिलो पटक दर्शकहरूले फ्लडलाइटको उज्यालोमा क्रिकेट हेर्न पाउने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । सोमबार (कात्तिक २४) नेपाल क्रिकेट संघ (क्यान)ले तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार मंसिर १ गते उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोखार्ज भिड्नेछन् । यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो ४ बजे सुरु हुनेछ ।

नेपालमा पहिलो पटक दर्शकहरूले फ्लडलाइटको उज्यालोमा क्रिकेट हेर्न पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको दोस्रो संस्करण फ्लडलाइटमुनि हुने तय भएको हो ।

प्रतियोगितामा पहिलो संस्करणकै आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म चल्नेछ । प्रतियोगिताका सम्पूर्ण खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेल तालिकाअनुसार एनपीएलका ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा हुनेछन् ।

९ खेल मात्रै फ्लड लाइटबिना हुनेछ । फ्लड लाइटमा हुने खेल दिउँसो साढे ३ र ४ बजेबाट सुरु हुने तालिका छ । फ्लड लाइटबिनाको खेल बिहान पौने १२ बजेबाट सुरु हुनेछ ।

जकनपुर बोल्ट्सले अघिल्लो वर्ष सुदूरपश्चि रोयाल्सलाई फाइनलमा पराजित गर्दै उपाधि उचालेको थियो ।

खेल तालिका :