कांग्रेस महामन्त्री गगन थापाद्वारा खतिवडा परिवारमा समवेदना

कांग्रेस महामन्त्री गगन थापाद्वारा खतिवडा परिवारमा समवेदना



काठमाडौं । पितृशोकमा रहेका नेपाली कांग्रेसका नेता रामहरि खतिवडाको परिवारमा कांग्रेस महामन्त्री गगन थापाले बुधबार समवेदना व्यक्त गरेका छन् । पितृकर्म भइरहेको काठमाडौं कालोपूलस्थित भण्डारेश्वर मन्दिरमा पुगेर महामन्त्री थापाले शोक सन्तप्त खतिवडा परिवारमा समवेदना व्यक्त गरेका हुन् ।

त्यसअघि राष्ट्रपति पौडेलले मंगलबार नेता खतिवडालाई टेलिफोनमार्फत् समवेदना व्यक्त गरेका थिए । खतिवडा परिवारलाई समवेदना दिन प्रधानन्यायाधीश प्रकाशबहादुर राउत, पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, हरिकृष्ण कार्की, न्यायाधीशहरु सपना प्रधान मल्ल, सुनिल पोखरेल भण्डारेश्वर मन्दिर पुगेका थिए ।

यसैगरी सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, कांग्रेस नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, पूर्वमहामन्त्री डा. शशांक कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य चन्द्र भण्डारी, एनपी साउद, दिपक खड्का लगायतका नेताहरुले भण्डारेश्वर पुगेर शोक पुस्तिकामा हस्ताक्षर गर्नुका साथै समवेदना व्यक्त गरिसकेका छन् ।

यसैगरी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पूर्वअर्थमन्त्री युवराज खतिवडालगायतका नेताहरुले भण्डारेश्वर पुगेर समवेदना व्यक्त गरिसकेका छन् ।

खतिवडा परिवारमा समवेदना व्यक्त गर्न विभिन्न पार्टीका नेता तथा कार्यकर्ता भण्डारेश्वर पुगेर शोक व्यक्त गर्नुका साथै समवेदना व्यक्त गर्ने क्रम एघारौं दिन पनि जारी रहेको छ ।

७८ वर्षीय जीवनाथ खतिवडाको काठमाडौं डिल्लीबजारस्थित निवासमा गत आइतबार निधन भएको थियो । उनको पार्थिव शरीर सोमबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको थियो । स्वर्गीय खतिवडाका पत्नी, एक छोरी र छोराहरू रामहरि खतिवडा, सुन्दर खतिवडा, भीम खतिवडा, हुतराज खतिवडा र प्रकाश खतिवडा रहेका छन् ।