प्रधानमन्त्री कार्कीद्वारा एनपिएलको दोस्रो संस्करणको उद्घाटन

प्रधानमन्त्री कार्कीद्वारा एनपिएलको दोस्रो संस्करणको उद्घाटन

काठमाडौं गोर्खाजले जित्यो टस, जनकपुर बोल्ट्सले ब्याटिङ गर्दै



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गरेकी छन् ।

विशेष समारोहबीच भएको उद्घाटन कार्यक्रममा उनले साविक विजेता जनकपुर बोल्ट्स तथा काठमान्डु गोर्खाजका खेलाडीसँग परिचय गरेकी थिइन् ।

उद्घाटन समारोहलाई आकर्षक बनाउन खेल सुरू हुनुअघि हेलिकप्टरबाट मैदानमा पुष्पवृष्टि गरिएको थियो । दर्शकहरूले पनि उत्साहित छन् ।

उद्घाटनसँगै लिगको औपचारिक सुरूआत भएको छ ।

काठमान्डु गोर्खाजले टस जितेर पहिले फिल्डिङ रोजेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले ब्याटिङ गरिरहेकाे छ ।