काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ७८ प्रतिशतले बढेर २ हजार ५ सय ५० दशमलव ३६ विन्दुमा पुगेको छ ।
आज निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहको शेयर साढे १ र होटल समूहको शेयर १ प्रतिशतले उकालो लागेको छ ।
आज १ सय ६७ वटा कम्पनीकाे शेयर बढेकाेमा ७६ वटाकाे घटेकाे छ । यस्तै १३ वटा कम्पनीकाे शेयर घटबढ भएकाे छैन ।
आज बन्दीपुर केबलकार, सागर डिस्टिलरी, बुङ्गल हाइड्रो र झापा इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ३ सय ३५ वटा कम्पनीका ८८ लाख ९३ हजार कित्ता शेयर ३ अर्ब ९४ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया