चुनावको वातावरण बनाउन नागरिक समाजका अगुवासँग प्रधानमन्त्री कार्कीको छलफल

चुनावको वातावरण बनाउन नागरिक समाजका अगुवासँग प्रधानमन्त्री कार्कीको छलफल



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनावको वातावरण बनाउन आज नागरिक समाजका अगुवाहरूसँग छलफल गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा नागरिक अगुवा र प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले आउँदो फागुन २१ गतेका लागि तय भएको चुनाव अपरिहार्य राष्ट्रिय दायित्व भएको बताइन् ।

यस पटकको चुनाव असफल भए देश राजनीतिक अन्योल र संवैधानिक सङ्कटमा धकेलिने उनको भनाइ छ । प्रधामन्त्रीले चुनावका बेला द्वेषपूर्ण र भड्काउ अभिव्यक्ति दिने व्यक्तिहरूप्रति शून्य सहनशीलता रहने बताइन् ।

चुनावको विश्वसनीयताका लागि प्रमुख दलहरूलाई यही मङ्सिर १० गतेभित्र निर्वाचन आयोगमा अनिवार्य दर्ता गराउनु आफूहरूको पहिलो र अनिवार्य सर्त भएको उल्लेख गरिन् ।