काठमाडौं । हिजो दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ९८ अंकले घटेर २ हजार ५ सय ६१ दशमलव ०८ विन्दुमा झरेको छ ।
आज होटल, उत्पादन, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर १ दशमलव ९ प्रतिशतले ओरालो लागेको छ । आज १ सय ७० वटा कम्पनीकाे शेयर घटेकाेमा ७० वटाकाे बढेकाे छ । यस्तै ९ वटा कम्पनीकाे शेयर घटबढ भएकाे छैन ।
आज कर्पाेरेट विकास बैंकको शेयर सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माबिलुङ इनर्जी, दरमखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, हिमस्टार ऊर्जा, बुङ्गल हाइड्रो, सान्भी इनर्जी, बन्दीपुर केबलकार, झापा इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ सय ३८ वटा कम्पनीका ८३ लाख ८८ हजार कित्ता शेयर ३ अर्ब ७७ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया