काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनाेजले लुम्बिनी लायन्सलाई १ सय ४३ रनकाे लक्ष्य दिएकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनायाे । चितवनका रवि बाेपाराले ६६ रन बनाए । लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिए ।
प्रतियाेगितामा लुम्बिनीकाे याे पहिलाे खेल हाे । चितवनले यसअघि आफ्नाे पहिलाे खेलमा कर्णाली याक्सलाई हराएकाे थियाे ।
एनपीएलमा काठमाण्डु, सुदूरपश्चिम, जनकपुर, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स गरी आठ वटा टोली सहभागी छन् । मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।


प्रतिक्रिया