काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्दै छन् । रोयल्सविरुद्ध मैदान उत्रिँदा एभेन्जर्स पहिलो जितको खोजीमा हुनेछ ।
यसअघि पोखराले प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ रनको फराकिलो हार व्यहोरेको थियो । तालिकाको सातौँ स्थानमा रहेको पोखरा अंकविहीन छ ।
यता, पोखराविरुद्ध मैदान उत्रिँदा सुदूरपश्चिम भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । सुदूरपश्चिमले यसअघि दोस्रो संस्करणको आफ्नो पहिलो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित निकालेको थियो । पहिलो खेलबाट दुई अंक जोडेको सुदूरपश्चिम तालिकाको तेस्रो स्थानमा छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।


प्रतिक्रिया