एनपीएल : लुम्बिनीलाई काठमान्डुले दियाे १ सय ५८ रनको लक्ष्य

एनपीएल : लुम्बिनीलाई काठमान्डुले दियाे १ सय ५८ रनको लक्ष्य



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

काठमाण्डूका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३२ रन जोडे । आकाशले ३६ बलमा चार छक्का प्रहार गरे । सन्तोष यादवले २६ रन जोडे । सन्तोषले १६ बलमा दुई छक्का प्रहार गरे ।

शीर्षक्रममा चौथो ब्याटरका रूपमा आएका मिलिन्द कुमार र गेरहार्ड इरास्मसले १७ रन जोडे । काठमान्डुका कप्तान करण केसीले ११ बलमा नटआउट ३४ रन बनाए । रसिद खानले १४ रन जोडे । बेन चाल्र्सवर्थ डक आउट भए ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेल, रुबेन ट्रम्पेलमन, शेर मल्ल र गुलबद्दिन नैबले समान दुई विकेट लिए ।