काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पहिलो हार बेहोरेको छ ।
बुधबार भएको खेलमा चितवन राइनोजले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ५ बलमा १२६ रनमा समेटियो । यो हारसँगै विराटनगरको अपराजित यात्रा टुगिंएको छ ।
विराटनगरका लागि मार्चेन्ट डि लाङले सर्वाधिक ३९ रन बनाए । प्रतिश जिसी ३० र साम हिजलेटले २२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा चितवनका रञ्जित कुमार नायक बने । ४ ओभर बलिङ गरेका रञ्जितले २१ रन खर्चेर ५ विकेट लिए । कमलसिंह ऐरी २, सोहिल तन्विर, सैफ जैव र कप्तान कुशल मल्लले एक/एक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनाएको थियो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाए । उनले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । कप्तान कुशल मल्ल २०, सैफ जैब ३२, दीपक बोहरा ५, डविड मलान १७ र देव खनाल २८ रनको योगदान दिए ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेट डि लिङ्गेले समान २–२ तथा शुभव रन्जनेले एक विकेट लिए ।


प्रतिक्रिया