काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् ।
त्रिवि क्रिकेट रंगशालामा पहिलो खेल चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच हुनेछ । यो खेल बिहान ११ः४५ बाट सुरु हुनेछ ।
दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । यो खेल अपराह्न ४ बजे सुरु हुनेछ ।
चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा दुई अङ्क मात्र बटुलेको छ ।
तीन खेलबाट दुई अङ्क जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ ।
अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।


प्रतिक्रिया