काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिए ।
पोखराले चारमध्ये एक खेल मात्र जितेको छ । यो खेल जिते पोखरालाई प्लेअफमा पुग्न सहज हुनेछ ।
कर्णालीका निम्ति भने यो खेल ‘गर या मर’को अवस्थामा छ ।


प्रतिक्रिया