काठमाडौं । एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) गएको नेपाली टोली स्वदेश फिर्ता भएको छ ।
मंगलबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघले स्वागत गरेको थियो ।
एसीसी पुरुष यू–१९ प्रिमियर कपको उपविजेता बनेको नेपाल एसिया कपका लागि भने छनोट भएको छ ।
नेपाल फाइनलमा आयोजक यूएईसँग २७ रनले पराजित भएको थियो ।
प्रतियोगिताको फाइनलमा पुगेका दुवै टोली एसिया कपमा छनोट भएका छन् । यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमा आयोजना हुँदै छ ।


प्रतिक्रिया