एनपीएलमा आज लुम्बिनी लायन्स र विराटनगर किङ्स खेल्दै

एनपीएलमा आज लुम्बिनी लायन्स र विराटनगर किङ्स खेल्दै



काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ४ बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ ।

रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुईमा मात्र जित हात पारेको छ ।

प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।