लुम्बिनीलाई विराटनगरले दियो १४५ रनको लक्ष्य

लुम्बिनीलाई विराटनगरले दियो १४५ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई १ सय ४५ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनायाे । विराटनगरका लाेकेश बमले ३५, बसिर अहमदले २८, साम हिजलेटले २७, फाफ डु प्लेसिसले १२ रन बनाए । लुम्बिनीका शेर मल्लले ३ विकेट लिए ।

विराटनगर ५ खेलमा ८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । यस्तै लुम्बिनी ५ खेलमा ४ अङ्कसहित छैटाैं स्थानमा छ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न लुम्बिनीका लागि आजको खेलमा पनि जीत महत्त्वपूर्ण छ ।