काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज साविक विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिष्ठाको लडाइँ लड्दै छन् ।
यी दुई टिमबीच हुने आजको खेलले तालिकाको पुछारमा रहने टिमको टुंगो लगाउनेछ । यो दोस्रो संस्करणमा लिग चरणको अन्तिम खेलसमेत हो ।
तालिकाको सातौँ स्थानमा रहेको कर्णालीले ६ खेलबाट दुई अंक जोडेको छ ।
यता, साविक विजेता जनकपुर बोल्ट्स तालिकाको पुछारमा छ । गत सिजन सुदूरपश्चिम रोयल्सलाई उपाधि भिड्न्तमा हराउँदै च्याम्पियन बनेको जनकपुरले यो सिजन ६ खेल खेल्दा एकमा मात्रै जित निकालेको छ ।
प्रतियोगिताको दोस्रो संस्करणमा जनकपुरले लगातार चार हारपछि पाँचौँ खेलमा जित निकालेको थियो ।
पाँचौँ खेलमा जनकपुरले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ३ः३० बजेदेखि सुरु हुनेछ ।


प्रतिक्रिया